Rumpum Advertisement

दुई नम्बर प्रदेशमा साना कृषकको चार महिनाको बैक ब्याज सरकारले तिरिदिने

Neuro Ad
दुई नम्बर प्रदेशमा साना कृषकको चार महिनाको बैक ब्याज सरकारले तिरिदिने

जनकपुरधाम , २९ चैत । दुई नम्बर प्रदेश सरकारले कोरोना भाइरस संक्रमण रोकथाम अवधिमा भएको लकडाउनले मारेमा परेका कृषहरुको चार महिनाको बैक व्याज तिरिदिने भएको छ ।

प्रदेशका प्रत्येक जिल्लाका साना किसानहरुले सिहकारी, विकास बैंक र वाणिज्य बैंक मार्फत कृषि प्रयोजनका लागि लिएको ०७६ चैत्देखी २०७७ बैसाख सम्मको बैंकको व्याज दुई नम्बर प्रदेश सरकारले तिरिदिने भएको हो ।

लकडाउने गर्दा तरकारी , दुग्ध उत्पादक कृषकहरु मारमा परेकोले उनीहरुलाई राहत दिन दुई नम्बर प्रदेश सरकारले चार महिनाको बैकको व्याज तिरिदिने घोषणा गरेको प्रदेश न्यायधिबक्त्ता दिपेन्द्र झाले जानकारी दिएका छन ।

पालीकामा वितरण भैइरहेको राहत गरीब, मजदुर, किसान र आवश्यकतामा रहेकाले मात्र लिन र त्यसको नागरिक तहबाट पनि अनुगमन गर्न दुई नम्बर प्रदेश सरकारले आग्रह गरेको छ ।