Rumpum Advertisement

नेपालमा पहिलो पटक स्थानीय रूपमा कोरोना सरेको पुष्टि

Neuro Revised Adv
Koshi Dashain ad
नेपालमा पहिलो पटक स्थानीय रूपमा कोरोना सरेको पुष्टि

विराटनगर, २२ चैत । नेपालमा पहिलो पटक स्थानीय रूपमा कोरोना सरेको पुष्टि भएको छ ।

शनिबार धनगढीको ३४ वर्षिय महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि स्थानीय रूपमा सरेको पुष्टि भएको हो ।

यस अघि नेपालमा वैदेशिक रोजगारीबाट फर्किएकाहरूमा मात्र कोरोना संक्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो पटक नेपाल भित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको बताएको छ ।

संक्रमित महिला धनगढीका यस अघि संक्रमण पुष्टि भएका युवकको आफन्त हुन् ।

एक व्यक्तिबाट अर्को व्यक्तिमा हुने संक्रमण दोस्रो चरण हो । विज्ञहरूले कैलालीको घटनापछि नेपालमा संक्रमण दोस्रो चरणमा प्रवेश गरेको बताएका छन ।

शनिबार कैलालीकी ३४ वर्षिय महिलासँगै भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष र भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष संक्रमण देखिएको हो ।

उनीहरूलाई आइसोलेसनमा राखेर उपचार गर्ने बताइएको छ ।

यसअघि नेपालमा छ जनामा कोरोना संक्रमण देखिएको थियो । तीमध्ये एकजना उपचारपछि निको भइसकेका छन् ।