Rumpum Advertisement

छ महिने लकडाउन योजना बनाउन सिके राउतको सुझाव

Neuro Revised Adv
Koshi Dashain ad
छ महिने  लकडाउन योजना बनाउन सिके राउतको सुझाव

विराटनगर , २१ चैत । जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतले कोरोना भाइरस संक्रमणबाट जोगिनकालागि ६ महिनासम्मको लकडाउनकालागि योजना बनाउन सबै तहका सरकारलाई आग्रह गरेका छन ।

बिहिबार फेसबुक मार्फत आफनो र पार्टीको धारणा सार्वजनिक गर्दै अध्यक्ष डाक्टर राउतले चीन , युरोप अष्टेलियामा महामारी फैलाइसकेको प्राणघातक कोरोना भाइरसले अब दक्षिण एसियालाई आक्रमण गर्न थालिसकेकोले जोगिन ६ महिना सम्मको लकडाउनकालागि दिर्घकालिन योजना बनाउन सरकारलाई आग्रह गरेका हुन ।


डाक्टर राउतले भिडियो मार्फत सार्वजनिक गरको आफनो मनतव्यमा भनेका छन , – ‘नेपालमा लकडाउन भएको १० दिन मात्र वित्दैछ र यति मात्र काफी छैन देशलाई ६ महिनासम्म पनि लकडाउन गर्नुपर्ने हुन्छ , यसैले कोरोनाबाट जोगिन सबै तहका सरकारले ६ महिनासम्मको दिर्घकालिन योजना बनाउन अति आवश्यक छ ।’

‘कोरोना भाइरस बिस्तारै नेपाल , भारतमा फैलिरहेकोले संक्रमणबाट जोगिनकालागि अबको टार्गेट दक्षिण एसिया हो भन्ने प्रस्ट भैसकेकोले हप्ता र एक महिनाको हैन ६ महिना सम्म लकडाउन बाहेक अर्को बिकल्प छैन’ राउतले आफनो मनतव्यमा भनेका छन ।

‘यसैले सबै तहका सरकारले अति बिपन्नहरुलाई ख्याल गरेर छ महिने दिर्घकालिन योजना बनाउनुपर्छ’ , अध्यक्ष राउत भन्छन ।

अध्यक्ष राउतले विपतको समयमा जनताको सेवा गर्ने अवसर सरकार र जनप्रतिनिधिहरुलाई प्राप्त भएकोले त्यसलाई भेदभाव नगरि ऐतिहासिक बनाउन आग्रह गरेका छन ।

राउतले आफनो घर समाजको सुरक्षा अरु कसैले गर्न नसक्ने भएकोले आफै सजग र सर्तक हुनुपर्नेमा जोड दिएका छन ।

उनले बाहिरबाट वा वारिह गएर आएका मानिशहरुसँग हात नमिलाउन , चरण नछुन , टाउको नछुवाउन , अंकमाल नगर्न सबैसँग आग्रह गरेका छन ।

नेपाल भारतमा कोरोना भाइरस तीब्र रुपले संक्रमण हुने जोखिम अझै बढिरहेको भन्दै उनले शबै शंकास्पद मानिशहरुलाई क्वारेन्टाइनमा राख्नुपर्ने र त्यसमा सबैले मदत्त आवश्यक पर्ने बताएका छन ।

अध्यक्ष राउतले दुई नम्बर प्रदेशमा गरिबी र भोकको समस्या धेरै भएकोले देखावटी राहत बाँडेर मात्र समस्या समाधान हुदैन भन्दै दिर्घकालिन नीति सहितको योजना आवश्यक भएको बताएका छन ।

उनले कोरोना भाइरसको संक्रमणले गर्दा विश्वमा वेरोजगारीको समस्या बढने र त्यसले नेपालमा पनि खतरनाक बिद्रोह ल्याउन सक्ने चेतावनी दिएका छन ।

उनले भिडियोमा कोरोना संक्रमणबारे सन्देश दिदै भनेका छन , – ‘भोकले गर्दा बिद्रोह भयो भने त्यो नीजि सम्पत्ती उन्मुलन गराउने सम्मको हुनेछ ।’

राउतले सरकारको दिर्घकालिन योजनालाई सहयोग गर्न सबै नागरिक समाज र पेशाकर्मीहरुलाई अनुरोध पनि गरेका छन । उनले विदेशमा बसेका नेपालीहरुलाई त्यही देशको नियम कानुन पालना गरेर सुरक्षित बस्न अनुरोध गरेका छन ।

नेपालमा रहेका आफना कार्यकर्ताहरुलाई कोरोना भाइरस संक्रमणबाट आफु सुरक्षित बसेर समाजको निगरानी गर्न निर्देशन गरेका छन ।

सिके अर्थात चन्द्रकान्त राउत सप्तरी जिल्ला निवासी हुन । पुल्चोक क्याम्पसबाट ईन्जिनियरिङसकेपछि उनले अमेरिकाबाट बिद्यावारिधि गरेका थिए ।

उनी मधेश आन्दोलनपछि स्वतन्त्र मधेश गठनबन्धको बिद्रोही भूमिगत आन्दोलन चर्काएर चर्चामा थिए ।

देशदोह्रको आरोपमा पक्राउ परेर छाडिएका उनले २४ फागुन २०७५ मा नेपाल सरकारसँग ११ बुँदे सम्झौता गरेका थिए ।

त्यसपछि उनले आफनो गठबन्धनलाई जनमत पार्टीमा रुपान्तरण गरेका थिए । उनको जनमत पार्टीले स्थानिय तहको निर्वाचन उम्मेदबारी पनि दिएको थियो ।

कोविड-१९ महामारी को हम अपनी एकता से परास्त करेंगे

डा. सी. के. राउत का फेसबुक लाइभ – कोविड-१९ महामारी के विषय में।वैशाख २ गते (जुडशीतल/सिरुवा पर्व के दिन) मंगलबार #सुवह ७ बजे ७ मिनेट के लिये #एकता_नाद की घोषणा।कोविड-१९ महामारी के खिलाफ एकता का संदेश देने एवं इस संघर्ष में जी जान से लड़ रहे सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, समाजसेवी सहित सभी को धन्यवाद ज्ञापन करने मधेश भर में अपने अपने घर, अपने छत या बालकोनी से ही वैशाख २ गते मंगलबार सुवह ७ बजे ७ मिनेट के लिये थाली, ताली, घड़ीघंट, शंख, सिटी आदि बजाकर "एकता_नाद" करें। इस संकट की घड़ी में हम सभी एक हैं और सभी मिलकर महामारी को परास्त करेंगे। सभी जनता को इसमें साथ देने के लिये और इस संकट की घड़ी में सम्पूर्ण जनता का मनोबल बढ़ाने के लिए हम सभी से विनम्र अनुरोध करते हैं। हम जीतेंगे ! हमारा समाज जितेगा !जय मधेश !

Posted by Dr. CK Raut – सचिवालय on Friday, April 3, 2020