Rumpum Advertisement

शंकास्पदहरुलाई क्वारेन्टाइनमा बस्न मुस्लिम संगठनको अपिल

Neuro Revised Adv
Koshi Dashain ad
शंकास्पदहरुलाई   क्वारेन्टाइनमा बस्न मुस्लिम  संगठनको अपिल

राजविराज २० चैत। मुस्लिम संगठन नेपाल सप्तरीले मस्जिदमा नमाज पढदा भिड नगर्न र विदेशबाट वा बिदेश गएर आएकाहरु कोही भए प्रहरी प्रशासनलाई जानकारी दिन समुदायसँग अपिल गरेको छ ।

संयोजक मोहम्मद डोमनले कोरोना भाईरसको संक्रमण पैलिन नदिनकालागि भिड नगरी नमाज पढन र विदेशबाट आएका वा विदेश गएर फर्केकाहरु कोही लुकेर बसेको भए तुरुन्त प्रहरी प्रशासनलाई खवर गर्न आम मुस्लिम समुदायलाई अपिल गरेका हुन ।

मुस्लिम संगठनले कोरोना भाइरस संक्रमण भएको लक्षण देखापरेको भए बिनाहिकिचाहट , नडराईकन क्वारेन्टाइनमा बस्न शंस्कास्पदहरुलाई आग्रह पनि गरेको छ ।

सबैले जिम्मेवार बनेर सर्तकता अपनाए मात्र आफु , आफनो समुदाय देशलाई कोरोनाको महामारीबाट बचाउन सकिने मुस्लिम संगठनले आफनो अपिलमा भनेको छ ।

भारतको दिल्लीमा गत मार्च १५ मा भएको तबलिगी जमातमा सहभागी भएर फर्केका नेपाली मुस्लिमहरु अझै सबै सम्पर्कमा आइसकेका छैनन ।

भारतीय सञ्चार माध्यमले त्यहाँ जाने १९ जना नेपालीहरु पृष्टि गरेपनि लिडरहरुसँग अझै धेरै नेपाली मुस्लिमहरु त्यहाँ पुगेर फर्केको अनुमान गरिएको छ ।

अर्को लकडाउनले गर्दा बिभिन्न देशबाट जमातमा आएका मुस्लिमहरु पनि सहज रुपमा नेपाल आएर बसेको हुनसक्ने प्रहरी प्रशासनको आशंका छ ।

भारतमा तबलिगी जमातमा सहभागी भएकाहरुले असावधानीले गर्दा देशभरी कोरोना भाइरसको सक्रमण तीब्र रुपले फैलिरहेको अधिकारीहरुको हवाला दिदै भारतीय सञ्चार माध्यमहरुले जानकारी गराउदै आएका छन ।

दिल्लीमा भएको तबलिगी जमातमा सहभागीहरुलाई धर्मगुरुले आफुहरुलाई कोरोना नलाग्ने र ज्वरो खोकी आउदैमा डाक्टरमा जानुपर्ने बताएका थिए ।

उनले केही भएर मर्नुपरे जमातमै मर्न तर डाक्टरको जाँचाउन नजान निर्देशन गरेका थिए । उनले भनेका थिए , कोरोना हामीलाई लाग्दैन केही भएर मनुपरे यहाँ आएर मर्नुभन्दा पबित्र अरु केही होइन यसैले कसैले डाक्टरकोमा जानु आवश्यक छैन । ,