Rumpum Advertisement

दुई नम्बर प्रदेशमा लकडाउनभरी गरिब मजदुरलाई खाना

Neuro Revised Adv
Koshi Dashain ad
दुई नम्बर प्रदेशमा लकडाउनभरी   गरिब मजदुरलाई खाना

जनकपुर, १६ चैत । दुई नम्बर प्रदेश सरकारले लकडाउनभरी गरिब मजदुरलाई खाना खुवाउन भएको छ ।

दुई नम्बर प्रदेशको आइतबार बसेको मन्त्रीपरिषदको बैठकले लकडाउनले गरिब मजदुरको जीवन समस्यामा पार्नलागेको भन्दै रक्षाका लागी सरकारकोतर्फ साँझ बिहान निशुल्क खाना खुवाउने व्यवस्था मिलाउने भएको हो ।


मुख्य मन्त्रीका प्रेस सल्लाहकार आतिश मिश्राका अनुसार खाना खुवाउने व्यवस्थापन स्थानीयतह संग समन्वय गरेर गरिनेछ ।

खाना खुवाउनकालागि प्रदेश सरकारले महानगरलाई २५ लाख, उपमहानगरलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाँउपालिकालाई १० लाखको दरले रकम दिने निर्णय गरेको छ ।

र ,सोही बरावरको रकम स्थानीय तहले पनि राखेर आफनो पालिका अन्तर्गतका गरिब मजदुरहरुलाई खाना खुवाउनु पर्नेछ ।

यसका लागी प्रत्येक स्थानीय तहमा जनप्रतिनिधि, दलका नेता कार्यकर्ता , सुरक्षा निकायका प्रतिनिधि, स्थानीय समाजसेवी संस्थाहरु सम्मलित सर्वपक्षीय समिति गठन गरिने कार्यविधि बनाइएको छ ।

दुई नम्बर प्रदेश सरकारले कोरोनाको उपचारमा खटिने चिकित्सकहरुको जीवन विमाका गर्ने र सत प्रतिशत प्रोत्साहन भत्ता समेत दिने निर्णय पनि गरेको छ ।