Rumpum Advertisement

आइसोलेसनमा मृत्यु भएका युवक मृगौला बिरामी : प्रवक्ता अधिकारी

Neuro Revised Adv
Koshi Dashain ad
आइसोलेसनमा मृत्यु भएका युवक मृगौला बिरामी : प्रवक्ता अधिकारी

चितवन, ११ चैत । चितवनको भरतपुरस्थित कोरोना विषेश अस्पतालमा मृत्यु भएका युवक वीरगञ्जका सन्तोष यादव रहेको खुलेको छ ।

उच्च ज्वरो र रुघाखोकीबाट ग्रसित ३० वर्षीय सन्तोषलाई आइसोलेसनमा राखेर उपचार भइरहेको थियो ।

उनको मृत्युको कारण खुल्न सकेको छैन । कोरोना अस्पतालका प्रवक्ता भोजराज अधिकारीका अनुसार उनलाई मिर्गौलाको समस्या पनि थियो ।

उनको नमूना परीक्षण रिपोर्ट आउन बाँकी रहेकाले कोरोना संक्रमण या अन्य के कारण मृत्यु भएको थाहा हुने अधिकारीले बताए ।

‘आइसोलेसनमा मृत्यु हुँदैमा कोरोनाले भएको भन्ने हुँदैन । अन्य कारणले पनि हुन सक्छ । उहाँ मिर्गौला रोगी पनि हुनुहुन्थ्यो,’ अधिकारीले भने’, ‘आजै साँझसम्म नमुना परीक्षणको रिपोर्ट आउँछ होला, त्यसपछि सबै थाहा हुन्छ ।’

उनको स्वावको नमूना काठमाडौंमा परीक्षण भइरहेको छ । शव अस्पतालमै राखिएको छ ।