Rumpum Advertisement

हत्या आरोपी १७ वर्षपछि पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
हत्या आरोपी १७ वर्षपछि पक्राउ

लहान, २७ फागुन । कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएका एक व्यक्ति १७ वर्षपछि पक्राउ परेका छन् ।

अदालतबाट २० वर्ष कैद सजाय पाएर १७ वर्षदेखि फरार भोला यादव पक्राउ परेका हुन् ।

कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट २० वर्ष कैद सजाय पाएर विसं २०५९ देखि फरार सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुकियाही का ५५ वर्षीय भोला यादवलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय महेशपुरले पक्राउ गरेको हो ।

लुकीछिपी बसिरहेको अवस्थामा यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

कुटपिट मुद्दामा पुनरावेदन अदालत जनकपुर राजविराजबाट एक महिना १५ दिन कैद र ७०० जरिवानाको सजाय पाएर विसं २०६१ देखि फरार सिरहाको प्रपि–७ निवासी ४५ वर्षीय रामअशिष यादव पक्राउ परेका छन् ।

त्यस्तै जिल्ला अदालत सिरहाबाट लेनदेन बिगो मुद्दामा तीन महिना कैद जरिवाना सजाय पाएर फरार सिरहाको अर्नामा गाउँपालिका–५ निवासी ५० वर्षीय भुलनीदेवी सदाय पनि पक्राउ परेका छन् । रासस