Rumpum Advertisement

दुईजना मृत भेटिए

Neuro Revised Adv
Koshi Dashain ad
दुईजना  मृत भेटिए

बैतडी,२४ फागुन । बैतडीको मेलौली नगरपालिकाका कार्यालय सहयोगी शुक्रराज भट्ट मृत अवस्थामा भेटिएका छन् ।

नगरपालिका मेलौली –६ हतरङ्गा निवासी ४४ वर्षीय भट्ट शिवनाथ गाउँपालिका–३ साउगाडामा मृत भेटिएका हुन् ।

यस्तै डिलाशैनी गाउँपालिका–३ बगडीस्थित सडकछेउमा दार्चुलाको शैल्यशिखर नगरपालिका–२ का ५६ वर्षीय मीनबहादुर पाल मृत फेला परेका छन् ।

छुट्टा छुट्टै स्थानमा मृत भेटिएका दुईजनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।रासस