Rumpum Advertisement

महोत्तरीमा अज्ञात समूहद्वारा एक वृद्धमाथि गोली प्रहार

Neuro Revised Adv
Koshi Dashain ad
महोत्तरीमा अज्ञात समूहद्वारा एक वृद्धमाथि गोली प्रहार

महोत्तरी, १८ फागुन । महोत्तरीमा अज्ञात समूहद्वारा एक वृद्धमाथि गोली प्रहार भएको छ ।

महोत्तरीको मनरासिसवा नगरपालिका–३ का ६१ वर्षीय सहदेवप्रसाद यादवमाथि अज्ञात समूहको गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी माधव बुढाथोकीले जानकारी दिएका छन् ।

गोली प्रहारबाट पूर्वशिक्षकसमेत रहेका यादव घाइते भएको महोत्तरी प्रहरीले जनाएको छ ।

छातीमुनि गाली लागेर घाइते भएका यादवको जनकपुरस्थित जानकी केयर हस्पिटलमा उपचार भइरहेको छ ।

उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

राति २ बजेतिर शौच गर्न बाहिर निस्किका यादवलाई अज्ञात समूहले गोली प्रहार गरेको थियो ।