Rumpum Advertisement

धनुषामा ११ वर्षीया बालिकाको सामूहिक बलात्कार

Neuro Revised Adv
Koshi Dashain ad
धनुषामा ११ वर्षीया बालिकाको सामूहिक बलात्कार

धनुषा, १५ फागुन । धनुषामा ११ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरी भिडियो बनाएको आरोपमा एक जना पक्राउ परेका छन् ।

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ५ गजरियाकी ११ वर्षीया बालिकालाई दुई युवाले बलात्कार गरी फोटो र भिडियो खिचेर कसैलाई भने सार्वजनिक गर्ने धम्कि दिँदै आएका थिए ।

१० फागुनमा घर नजिकै खेतमा घाँस काटिरहेकी बालिकालाई स्थानीय ३२ वर्षीय श्रीकिसुन दास र २२ वर्षीय अनिल ठाकुरले बलात्कार गरी भिडियो फोटो खिचेको भिडियो खिचेको पीडित परिवारको आरोप छ।

पीडित परिवारले उजुरी दिएपछि प्रहरीले बलात्कारमा संलग्न ३२ वर्षका श्रीकिसुन दासलाई पक्राउ गरेको छ । अर्का आरोपित २२ वर्षीय अनिल ठाकुर फरार छन्।

उनको खोजी तथा घटनाको थप अनुसन्धान भइरहेको धनुषा जिल्ला प्रहरी कार्यालयका धनुषाले जनाएको छ ।