Rumpum Advertisement

लागुऔषधसहित चार पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
लागुऔषधसहित चार पक्राउ

सप्तरी, १० फागुन । सप्तरी प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

शनिबार सप्तरीको सुरुङ्गा नगरपालिका–१ नैनडाँवरडाँडा र बोदे बर्साइन नगरपालिका–९ स्वर्णपट्टीबाट चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–६ का २२ वर्षीय आकाश परियार र २० वर्षीय आमोदकुमार महतो तथा शम्भुनाथ नगरपालिका–३ का २२ वर्षीय ललित चौधरी र २० वर्षीय देवनारायण राम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

उनीहरूको साथबाट ३० थान नाइट्रोजन ट्याब्लेट, १९ थान प्रोमेथाजाइन हाइड्रोक्लोराइड इन्जेक्शन, १८ थान डाइजेपाम इन्जेक्शन, १० थान नुरफिन इन्जेक्शन, नौ थान सिरिन्ज, चार थान नाइट्राभेट ट्याब्लेट, सात÷सात थान फेनारगन, नोफिन र डाइजेलेब तथा २० ग्राम गाँजा फेला परेको छ ।