Rumpum Advertisement

राष्ट्रिय हक्की प्रतियोगिता : सुदूरपश्चिमलाई हराउँदै आर्मी बन्यो तेस्रो

Neuro Revised Adv
Koshi Dashain ad
राष्ट्रिय हक्की प्रतियोगिता : सुदूरपश्चिमलाई हराउँदै आर्मी बन्यो तेस्रो

विराटनगर, २४ माघ । विराटनगरमा जारी दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लब तेस्रो बनेको छ ।

शुक्रबार तेस्रो स्थानका लागि भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई हराउँदै तेस्रो स्थान बनाएको हो ।

विराटनगरस्थित शहीद रंगशालामा भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई ६–० गोल अन्तरले हराएको हो ।

आर्मीको जितमा रोमन राणाले ह्याट्रिकसहित चार गोल गरे भने नरेन्द्र र राम शाहले समान एक–एक गोल गरे ।

खेलको सातौं मिनेटमा रोमनले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाए ।

यस्तै १०औं मिनेट र २५औं मिनेटमा गोल गर्दै रोमनले ह्याट्रिक पूरा गरे ।

यस्तै २९औं मिनेटमा नरेन्द्रले गोल गरे भने ३२औं मिनेटमा रामले गोल गर्दै आर्मीलाई ५–० गोलले अग्रता दिलाए ।

खेलको ३५औं मिनेटमा रोमनले गोल गर्दै आर्मीलाई ६–० गोलको जित दिलाए ।

रोमनले जारी प्रतियोगितामा १२ गोल गरिसकेका छन् । आजै हुने फाइनलमा गण्डकी र पाँच नम्बर प्रदेश भिड्दैछन् ।