Rumpum Advertisement

छोरी बीमा रकम बढ्यो

Neuro Ad
छोरी बीमा रकम बढ्यो

जनकपुरधाम, १७ माघ । २ नम्बर प्रदेश सरकारले छोरीलाई दिँदै आएको बीमा रकम वृद्धि गरेको छ । १ लाख रूपैयाँ विमा गर्दै आएको प्रदेश सरकारले वृद्धि गरी तीन लाख पुर्याउने निर्णय गरेको हो ।

सरकारले गत वर्ष माघ १ गतेदखि प्रदेशमा जन्मेका छोरीलाई एक लाखको बीमा रकम दिँदै आएको थियो । शुक्रबारबाट लागु हुनेगरी उक्त रकममा वृद्धि गरिएको मुख्यमन्त्री लालबाबु राउतले बताए ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रदेशमा जन्मिने छोरीको बीमा रकम वद्धि गरी तीन लाख पुर्याइएको उनले बताए ।

उनले प्रदेश सरकारले गत वर्ष फागुन ९ गतेदखि राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा वीरगञ्जबाट थालनी गरिएको सो योजनाअन्तर्गत चार हजार ३७३ छोरीलाई बीमा रकम उपलब्ध गराइएको बताए ।

विगतमा प्रदेशबाट सो रकम दिँदै आएकामा अबदेखि स्थानीय तहबाटै उपलब्ध गराउने निर्णयसमेत भएको राउतले बताए ।

प्रदेश सरकारले उपलक्ध गराउने रकममा स्थानीय तहलाई थप वृद्धि गरी ६ लाख पुर्याउन आग्रह गर्ने उनले बताए ।

लैङ्गिक विभेद र छोरीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्ने उद्देश्यले सो योजना थालनी गरिएको बताउँदै मुख्यमन्त्री राउतले आगामी दिनमा कक्षा १ देखि ८ कक्षामा पढने दलित र मुस्लिम समुदायका छोरीलाई छात्रवृत्ति प्रदान गर्ने योजना रहेको बताए । रासस