Rumpum Advertisement

विदेश जानेलाई सरकारको पहलमा बिना धितो ऋण

Neuro Revised Adv
Koshi Dashain ad
विदेश जानेलाई सरकारको पहलमा बिना धितो ऋण

जनकपुरधाम, १७ माघ । बैदेशिक रोजगारीमा जाने प्रदेश २ का युवाले बिना धितो सहुलियत ऋण पाउने भएका छन् । प्रदेश सरकार, सीप परियोजना र प्रभु बैंकबीच वैदेशिक रोजगारमा जानेलाई सहुलियत दरमा बिना धितो ऋण उपलब्ध गराउन सम्झौता सम्झौता भएको हो ।

बिहीबार भएको सम्झौता अनुसार बैंकले युवालाई ऋण दिन शुरुआत गरेको हो । मुख्यमन्त्री लालबाबु राउतले बैंकको वैदेशिक रोजगार कर्जाको शुभारम्भ गर्दै प्रदेश सरकारको पहल तथा सीप परियोजनाको सहयोगमा कार्यक्रम शुरुआत गरिएको बताए ।

उनले वैदेशिक रोजगारीमा जाने युवालाई सीप सिकेर रोजगारमा जान आग्रह समेत गरे ।

यसअघि एसबिआइ बैंकले कर्जाको शुभारम्भ गरेको थियो । प्रभु बैंकले सो सेवा सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा वैदेशिक रोजगारमा जाने युवालाई उपलब्ध गराउनेछ ।

सिरहा, धनुषा र महोत्तरीमा एसबिआइ बैंकले सेवा दिने जनाइएको छ । ती बैंकले वैदेशिक रोजगारमा जाने व्यक्तिको नाउँमा बचत खाता खोली दिने र श्रमसम्झौतापछि पाँच दिनभित्र कर्जा उपलब्ध गराउने प्रावधान राखिएको छ । रासस