Rumpum Advertisement

प्रदेश २ को नाममा भएन सहमति, दलहरुको अडान कायमै

Neuro Revised Adv
Koshi Dashain ad
प्रदेश २ को नाममा भएन सहमति, दलहरुको अडान कायमै

जनकपुरधाम, १३ माघ । दलहरुले अडान नछोडेपछि प्रदेश २ को नाममा सोमबार पनि सहमति हुन सकेन ।
स्थायी राजधानी जनकपुरधामलाई तोक्न सहमत भएपनि दलहरु नामका विषयमा भने लचिलो हुन सकेनन् ।

प्रदेशको नाम र स्थायी राजधानीबारे सहमति जुटाउन गठित संसदीय विशेष समितिको सोमबार बसेको बैठकमा दलहरुले आफ्नो अडान छोडेनन् ।

सत्तारुढ समाजवादी–राष्ट्रिय जनता दल (राजपा)ले प्रदेशको नाम ‘मधेश’ प्रस्ताव दर्ता गराउँदा प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जानकी र नेपाली कांग्रेसले मिथिला–भोजपुरा प्रदेशको राख्नुपर्ने प्रस्ताव गरेका छन् ।

कांग्रेसका केही सांसदले मध्य मधेश नाम राख्न प्रस्ताव दर्ता गराएका छन् ।

सोमबारको बैठकमा दलगत रुपमा दर्ता भएको प्रस्तावमाथि छलफल भएको नेताहरुले बताए ।

नेताहरुले आफ्नै अडान राखेपनि चाँडो नामांकरण गर्ने सन्दर्भमा केही लचिलो देखिएका छन् ।

बैठकमा सहभागी नेकपा र कांग्रेसका सांसदले राजनीतिक सहमति गरी चाँडै नामाकरण गर्नुपर्ने पक्षमा देखिएका हुन् ।

नामका विषयमा राजनीतिक सहमति खोज्ने भन्दै अर्को बैठक १८ माघलाई तोकिएको छ ।

प्रदेशको राजधानी र नाम तोक्न प्रदेशसभामा दुई तिहाई चाहिन्छ ।

यसका लागि सत्तारुढ समाजवादी र राजपालाई विपक्षी नेकपा र कांग्रेसमध्ये एकको साथ चाहिन्छ ।

विपक्षी कांग्रेस र नेकपा मिल्दा पनि सत्तारुढ गठबन्धनको एक दलले साथ दिनुपर्छ ।