Rumpum Advertisement

आगोमा जलेर मृत्यु, श्रीमान् पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
आगोमा जलेर मृत्यु, श्रीमान् पक्राउ

सिरहा, १२ माघ । आगोमा जलेर घाइते सिरहाको औरही गाउँपालिका–५ औरही नवटोलकी २७ वर्षीय अनिताकुमारी यादवको उपचारका क्रममा आइतबार मृत्यु भएको छ ।

गत शुक्रबार राति खाना पकाइरहेका बेला शरीरमा आगो लागेर घाइते भएकी अनिताको काठमाडौँको कीर्तिपुर मोडेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसैबीच अनिताको मृत्यु रहस्यमय रहेको भन्दै प्रहरीले अनिताका पति विनोद यादवलाई पक्राउ गरेको छ ।

घटना शङ्कास्पद भएकाले अनिताका श्रीमान् विनोदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक विनोदकुमार घिमिरेले बताए ।

स्थानीयले घटना भएको घरमा मट्टितेलको बोतल भेटिएकाले घटना शङ्कास्पद भएको बताए ।

वैदेशिक रोजगारीबाट करिब तीन महिनाअघि मात्र आएका विनोद र अनिताबीच पछिल्लो केही दिनदेखि सम्बन्ध राम्रो नरहेको स्थानीयको भनाइ छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक घिमिरेले बताए ।