Rumpum Advertisement

भारतबाट समान ल्याउन सहयोग गरिदिने भन्दै घुस लिएको अभियोगमा प्रहरी पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
भारतबाट समान ल्याउन सहयोग गरिदिने भन्दै घुस लिएको अभियोगमा प्रहरी पक्राउ

सिरहा, ८ माघ । घुस लिएको अभियोगमा सिरहाको सुखिपुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान राजकुमार यादव पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रु पाँच हजार घुस लिएको आरोपमा बुधबार बिहान उनलाई पक्राउ गरेको हो ।

घरायसी प्रयोजनका लागि भारतीय बजार लदनियाँबाट समान ल्याउन सहयोग गरिदिने भन्दै स्थानीयवासीसँग लिएको घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास महोत्तरीको टोलीले प्रहरी यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका प्रहरी जवान यादवलाई आवश्यक अनुसन्धानका लागि अख्तियारको बर्दिवास कार्यालय लगिने अख्तियारले जनाएको छ ।

यसअघि आयोगको टोलीले करिब रु १९ लाख घुससहित लहानस्थित सडक डिभिजन कार्यालयका प्रमुख विनोद शाहसहित तीन इञ्जिनीयरलाई पक्राउ गरेको थियो । रासस