Rumpum Advertisement

मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

सप्तरी, ७ माघ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका–१ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा वडाध्यक्षको मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटनामा परी अग्निसाइर कृष्णा सवरण गाउँपालिकाका–१ का वडाध्यक्ष सुशीलकुमार चौधरीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनले चलाएको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो ।

पूर्वबाट पश्चिम जाँदै गरेको को ३६ प ५३०६ नम्बरको मोटरसाइकलमा सवार ३८ वर्षीय वडाध्यक्ष चौधरीको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।