Rumpum Advertisement

लागुऔषधसहित तीन युवक पक्राउ

Neuro Ad
लागुऔषधसहित तीन युवक पक्राउ

लहान, ६ माघ । नेपाल प्रहरीले लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ ।

प्रहरीचौकी कचनारीको गस्ती टोलीले सिरहाको बरियारपट्टी गाउँपालिका–१ बडहरीबाट २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लक्ष्मीपुरपतारी गाउँपालिका ५ पथरगढाका २० वर्षीय बलजित दास, लहान नगरपालिका २३ का १८ वर्षीय इन्द्रजित सहनी रहेका छन् ।

स ३ प ७९६८ लाई चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएपछि मोटरसाइकलमा सवार ती दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पक्राउ परेका दुवैको साथबाट नाइट्रोभेट तीन ट्याब्लेट समेत बरामद गरिएको छ ।

यस्तै सिरहाकै मिर्चैया ६ कटारीचौकबाट प्रहरीले डिलेक्स डिसी १०० एमएलको १३ बोतल लागुऔषधसहित स्थानीय अशोक कुमार साहलाई पक्राउ गरेको छ ।