Rumpum Advertisement

आफ्नै कन्चटमा गोली हान्दा प्रहरी हबल्दारको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
आफ्नै कन्चटमा गोली हान्दा प्रहरी हबल्दारको मृत्यु

जाजरकोट, २७ पुस । जाजरकोटमा आफ्नै कन्चटमा गोली हान्दा प्रहरी हबल्दारको मृत्यु भएको छ । नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत प्रहरी हबल्दार भोजबहादुर कठायतको मृत्यु भएको छ ।

बाजुरा जिल्ला घर भई चारमहिनादेखि सो कार्यालयमा कार्यरत ३५ वर्षीय कठायतले आफैलाई कन्चटमा गोली हान्दा आज बिहान मृत्युभएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । उनका अनुसार घटनाका बारेमा छानविन गर्न टोली परिचालन भएको छ ।