Rumpum Advertisement

१७ फरार अभियुक्त एकैदिन पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
१७ फरार अभियुक्त एकैदिन पक्राउ

सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न मुद्दामा फरार रहेका १७ अभियुक्तलाई एकै दिन पक्राउ गरेको छ ।

सप्तरीका विभिन्न स्थानबाट सोमबार १७ जना अभियुक्तलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । अदालतबाट कैद तथा जरिवाना तोकिएपनि फरार रहेका अभियुक्तलाई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको उनको भनाइ छ ।

पक्राउ पर्नेमा बोदे बर्साइन नगरपालिका–१० का ५९ वर्षीय खगेन्द्र यादव, खड्क नगरपालिका–४ का ५८ वर्षीय इसराइल मियाँ , ६ का राजकुमार साह रहेका छन् ।

यसैगरी खड्क नगरपालिका –९ का मिश्रीलाल चौधरीको हकमा छोरा अरुणकुमार चौधरी र सुखैर चौधरीको हकमा श्रीमती सुकमारदेवी चौधरी, बोदे बर्साइन नगरपालिका–९ का ४७ वर्षीय चन्देश्वर साह तेली, खड्क नगरपालिका–६ का नजबुद मियाँ र सोही नगरपालिका–९ का महिनारायण चौधरीको हकमा भाइ दीपनारायण चौधरी रहेका उनले बताए ।