Rumpum Advertisement

छिन्नमस्तामा नेकपाको धर्नाले कामकाज ठप्प

Neuro Revised Adv
Koshi Dashain ad
छिन्नमस्तामा नेकपाको धर्नाले कामकाज ठप्प

सप्तरी २१ पुस । छिन्नमस्ता गाउँपालिका कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सुरु गरेको धर्नाले सम्पूर्ण कामकाज ठप्प बनेको छ ।

चौध बुँदे माग राखेर नेकपा छिन्नमस्ताले धर्ना थालेको हो । गरेको धर्नाले गाउँपालिका कार्यालयको सम्पूर्ण कामकाज ठप्प भएको छ ।

अविलम्ब वडा भेला र गाउँसभा गर्नुपर्ने, गाउँपालिकामा भएको भ्रष्टाचारविरुद्ध सर्वपक्षीय छानविन समिति गठन गर्नुपर्ने, आर्थिक वर्ष २०७५/७६ को आयव्यय सार्वजनिक गर्नुपर्ने, सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्नेलगायतका माग राख्दै आन्दोलन थालिएको छ ।

माग पुरा नभएसम्म धर्ना कार्यक्रम जारी रहने संघर्ष समितिका संयोजक विनोदकुमार यादवले बताए ।