Rumpum Advertisement

सडक डिभिजन कार्यालयका निमित्त प्रमुखसहित तीनजना घुस लिँदा पक्राउ

Neuro Ad
सडक डिभिजन कार्यालयका निमित्त प्रमुखसहित तीनजना घुस लिँदा पक्राउ

लहान १९ पुस । घुस लिएको रकम सहित सडक डिभिजन कार्यालय, लहानका निमित्त प्रमुखसहित तीन जना पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निमित्त डिभिजन प्रमुख विनोद साह, इन्जिनियर नविनकुमार साह र सवइन्जिनियर वीरेन्द्रकुमार साहलाई पक्राउ गरेको हो ।

रुपनी राजविराज कनौली सडक निर्माणको अन्तिम बिल भुक्तानी दिँदा घुस लिँदै गर्दा अख्तियारले पक्राउ गरेको जनाएको छ । विनोदको साथबाट ३ लाख तथा नविनकुमार र वीरेन्द्रकुमारको साथबाट १५ लाख ९६ हजार रुपैयाँ गरिएको अख्तियारले जनाएको छ ।