Rumpum Advertisement

कांग्रेस र समाजवादीबीच तालमेल

Neuro Revised Adv
Koshi Dashain ad
कांग्रेस र समाजवादीबीच तालमेल

काठमाडौं १८ पुस । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस र समाजवादी पार्टीले तालमेल गर्न सहमति गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र समाजवादीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेको सहमतिमा प्रदेश २ मा चार सिटमा दुई पार्टीले २ २ सिटमा उम्मेदवारी दिने उल्लेख छ । सहमति अनुसार कांग्रेसले महिला र अल्पसंख्यक अनि समाजवादीले दलित र अन्य पदमा उम्मेदवारी दिने छन् ।

राष्ट्रिय सभाको निर्वाचनका लागि प्रदेश २ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)ले पनि चुनावी तालमेल गरेका छन् ।