Rumpum Advertisement

चितवन राष्ट्रिय निकुञ्जमा बाघ मृत फेला

Neuro Revised Adv
Koshi Dashain ad
चितवन राष्ट्रिय निकुञ्जमा बाघ मृत फेला

चितवन, १० पुस । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको सामुदायिक वनमा वयस्क पाटेबाघ मृत फेला परेको छ । निकुञ्जअन्तर्गत पर्ने पर्साको ठोरी गाँउपालिका–३ वेदघारी सामुदायिक वनमा बुधबार बाघ मृत फेला परेको हो । बाघ जुधेर मरेको प्रारम्भिक रिपोर्ट प्राप्त गरिएको
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले बताए ।

उनले निकुञ्जबाट गएको चिकित्सकसहितको टोलीले बाघ कसरामा ल्याउने जानकारी दिए । घाँस काट्न गएका स्थानीयवासीले मृत बाघ देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनले भने, ‘मृतावस्थामा फेला परेको बाघको शरीरभरि नै घाउ छन् । वयस्क बाघ एकापसमा जुधेर मृत्यु भएको हो कि भन्ने प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।’

बस्तीदेखि झण्डै दुई किलोमिटर उत्तरतर्फको सामुदायिक वनमा बाघ मृतावस्थामा फेला परेको हो । मृत बाघको आज परीक्षण गरिने निकुञ्जले जनाएको छ । रासस