Rumpum Advertisement

नेपालमा बनेको यात्री मोटरसाइकल ‘पी–०’ चर्चामा

Neuro Revised Adv
Koshi Dashain ad
नेपालमा बनेको यात्री मोटरसाइकल ‘पी–०’ चर्चामा

विराटनगर, ४ पुस । अहिले नेपाली अटोमोवाइल क्षेत्रमा पहिलोपटक नेपालमै बनेको इलेक्ट्रिक मोटरसाइकल ‘पी–०’ चर्चामा छ । नेपाली युवाको आफ्नै डिजाइनमा तयार भएको ‘पी–०’ को फर्स्ट लूक बिहीबार मात्र केही मिडियाकर्मी र उद्यमी व्यवसायीहरू सार्वजनिक गरेका थिए ।

aa

मोटरसाइकल यात्री नामक कम्पनीले उत्पादन गरेको सो क्षमताको हिसाबमा केटीएम ड्यूक ३९०, रोयल इन्फिल्डलगायत मोटरसाइकलभन्दा अब्बल छ । ३० किलोवाटको मोटर प्रयोग भएको मोटरसाइकल अहिले बजारमा रहेका अन्य इलेक्ट्रिक मोटरसाइकलभन्दा क्षमतावान् रहेको छ ।

४२ बीएच पावर र १ सय २० एनएम टर्क प्रदान गर्ने यस मोटरसाइकल एक पटक फूल चार्ज गरेपछि २ सय ३० किलोमिटर चलाउन सकिने कम्पनीका प्रमुख एवं यसका डिजाइनर असिम पाण्डेले जनाएका छन् । यसमा फिट भएका हरेक पार्ट्स प्रिमियम रहेको र यसको मुख्य आकर्षण डिजाइन र प्रिमियमनेस भएको उनको भनाइ छ ।

कम्पनीले सन् २०१८ बाट पहिलो प्रोजेक्टका रूपमा यस मोटरसाइकल बनाउन सुरु गरेको थियो ।