Rumpum Advertisement

चिसो बढेपछि विद्यालय बन्द, बिपन्न बस्तीमा दाउरा वितरण

Neuro Revised Adv
Koshi Dashain ad
चिसो बढेपछि विद्यालय बन्द, बिपन्न बस्तीमा दाउरा वितरण

महोत्तरी, ४ पुस । चिसो बढेपछि महोत्तरीको औरही नगरपालिकाले विद्यालय बन्द गरेको छ । लगातार चिसो बढेपछि नगरक्षेत्रका आधारभूत र माध्यमिक विद्यालय सोमबारसम्मका लागि बन्द भएको हो ।

बिहीबार नगर कार्यपालिकाको शिक्षा शाखाले आउने सोमबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको शाखा प्रमुख ज्ञानेन्द्र यादवले जानकारी दिए । त्यसपछिको अवस्था हेरेर थप निर्णय गरिने शाखाले जनाएको छ ।

विद्यालय बन्द गर्नसँगै औरही नगरपालिकाले गरिब र विपन्न बस्तीमा आगो ताप्न सुकेका मुडा (दाउरा) वितरण पनि थालेको छ । गरिब मुसहर समुदायको बसोबास रहेका बस्ती र मानिसको बढी चहलपहल हुने सार्वजनिकस्थलमा मुडा बालेर धुनी लगाइएको औरहीका नगरप्रमुख सुनिलकुमार यादवले बताए ।

जिल्लाका १५ वटै स्थानीयतहले चिसोबाट धेरै प्रभावितको पहिचान गरी तत्कालीन राहत पु¥याउने तयारी गरिरहेका जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सुरेशप्रसाद सिंहले जानकारी दिए ।

लोहारपट्टि नगरपालिकाले पनि आफ्नो नगरक्षेत्रका बस्तीमा मुडा पुर्याएर धुनी सल्काइएको नगरप्रमुख शैलेन्द्र यादवले जानकारी दिए । एक साताअघि पानी परेपछि बढ्दै गएको जाडो गत मङ्गलबार बिहानदेखि नै चिसो सिरेटो लगातार चल्न थालेपछि महोत्तरीका गाउँनगर बस्ती प्रभावित भएका छन् ।रासस