Rumpum Advertisement

गाडीमुनि राखिएको प्रेसर कुकर बम सेनाद्वारा निष्क्रिय

Neuro Revised Adv
Koshi Dashain ad
गाडीमुनि राखिएको प्रेसर कुकर बम सेनाद्वारा निष्क्रिय

महेत्तरी, २३ मंसिर । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–२ मा चारपाङ्ग्रे गाडीमुनि झोलाभित्र फेला परेको प्रेसरकुकर बम नेपाली सेनाको टोलीले निष्क्रििय गरेको छ । डिभिजन वन कार्यालयको प्राङ्गणभित्र फेला परेको बम सोमबार बिहान निस्क्रिय गरिएको हो ।

आइतबार साँझ वन कार्यालयको हाताभित्र पार्किङ गरी राखिएको बम आज बिहान साढे १० बजेतिर नेपाली सेनाको बम टोलीले निस्क्रिय गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

नेपाली सेनाको रणभीम गणको टोलीले चौरमा ल्याएर सो ठाउँमा खाल्डो खनेर, चारैतिरबाट बोरामा बालुवा राखी घेरेर सुरक्षितपूर्वक निस्क्रिय गरेको तथा कुनै पनि मानविय र भौतिक क्षति नभएको प्रहरी उपरीक्षक अधिकारीले बताए । रासस