Rumpum Advertisement

कार्यालय सहयोगी महिलालाई निर्घात कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
कार्यालय सहयोगी महिलालाई निर्घात कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ

कैलाली, २६ कात्तिक । कैलालीमा कार्यालय सहयोगी महिलालाई निर्घात कुटपिट गरेको आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन् । कार्या सहयोगीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले कैलालीको मोहन्याल गाउँपालिका–५ का वडाध्यक्ष छविलाल हौजाली पक्राउ गरेको हो ।

कार्यालय सहयोगी तुलसरा सिजालीलाई निर्घात कुटपिट गरेको आरोपमा वडाध्यक्ष हौजाली पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिशशरण भट्टका अनुसार पीडित महिलाले वडाध्यक्ष हौजालीले आफूमाथि निर्घात कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय सुखडमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रमुख भट्टले जानकारी दिए । रासस