Rumpum Advertisement

बिहान पौने आठ बजे भूकम्पको धक्का महसुस

Neuro Revised Adv
Koshi Dashain ad
बिहान पौने आठ बजे भूकम्पको धक्का महसुस

बैतडी, २६ कात्तिक । चार दशमलव छ रेक्टर स्केलको भूकम्पका कारण सुदूरपश्चिमका बैतडी र दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको छ ।

भारत केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रविन्दु भएर गएको हो । भूकम्प आज बिहान ७ः४५ बजेमा गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहले जानकारी दिए । रासस