Rumpum Advertisement

बसको ठक्करबाट पूर्व सांसद महतोको निधन

Neuro Revised Adv
Koshi Dashain ad
बसको ठक्करबाट पूर्व सांसद महतोको निधन

जनकपुरधाम १५ कात्तिक। पूर्व सांसद तथा कम्युनिस्ट नेता रामलखन महतोको दुर्घटनामा परी निधन भएको छ । धनुषाको मिथिला नगरपालिका १ स्थित विश्वकर्मा चोकमा शुक्रबार बसले ठक्कर दिँदा ६१ बर्षीय पूर्व सांसद महतोको ज्यान गएको हो ।

बटेश्वर गाउँपालिका १ मा रहेको घरबाट महेन्द्रनगरको अर्काे घर आउने क्रममा बा ५ ख ८८५ नम्बरको बसले उनलाई ठक्कर दिएको थियो । साइकलमा रहेका उनलाई बाटो काट्ने क्रममा बसले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । पूर्व सांसद महतोलाई जनकपुर अञ्चल अस्पताल उपचारको लागि ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो ।

महतो २०५१ सालको निर्वाचनमा धनुषा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए । तत्कालीन नेकपा एमालेबाट चुनाव लडेका महतो नेपाली कांग्रेसका उम्मेदवार पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई पराजित गरेका थिए । उनी नेकपा माओवादी हुँदै हाल मोहन वैद्य समूह थिए ।