Rumpum Advertisement

सप्तरीमा भेटियो लोपोन्मुख अजिंगर

Neuro Revised Adv
Koshi Dashain ad
सप्तरीमा भेटियो लोपोन्मुख अजिंगर

सप्तरी, १३ कात्तिक । सप्तरीमा लोपोन्मुख प्रजातिको अजिंगर फेला परेको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१२ कोसी बाँधमा १५ किलोको अजिंगर फेला परेको हो ।

स्थानीयवासीले कोसी बाँधमा मंगलबार राति अजिंगर देखेपछि नजिकैको हनुमाननगर इलाका प्रहरी कार्यालयलाई खबर गरेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जनाए । उनका अनुसार प्रहरीले अजिंगर नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हनुमाननगरमा राखेका छन् ।

यसअघि शनिबार तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीमा करिब ७ फिट लामो र १२ किलो तौल भएको अजिंगर फेला परेको थियो । रासस