Rumpum Advertisement

आलमलाई तेस्रो पटक ८ दिन म्याद थपियो

Neuro Revised Adv
Koshi Dashain ad
आलमलाई तेस्रो पटक ८ दिन म्याद थपियो

रौतहट, ८ कात्तिक । राजपुरमा बम विष्फोटको आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली कांग्रेसका नेता आफताव आलमलाई पुनः ८ दिनका लागि म्याद थपिएको छ । शुक्रबार जिल्ला अदालत रौतहटले अनुसन्धानका लागि तेस्रो पटक आठ दिन म्याद थप गर्ने आदेश दिएको हो ।

aa

कांग्रेसका निलम्बित सांसद आलमलाई न्यायाधीश सेखवराज पाण्डेको इजलासले आजदेखि लागू हुनेगरी ८ दिनको म्याद थप गरेको स्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए । प्रहरी नियन्त्रणमा रहेका आलमले बयान दिन नमानेपछि गत कात्तिक ३ गते ५ दिनको म्याद थप गरिएको थियो । त्यसअघि पनि अनुसन्धानका लागि आलमको सात दिन म्याद थप गरिएको थियो ।

आलमलाई गत असोज २५ गते राजपुर गौरस्थित शेख इद्रिस गेटबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका आलममाथि कर्तव्य ज्यान मुद्दाअन्तर्गत अनुसन्धान जारी छ । थुनछेक बहसका लागि जिल्ला अदालत पुगेका आलमले आफूलाई षडयन्त्र गरी फसाएको आरोप लगाएका थिए ।

महान्यायाधिवक्ताको कार्यालयको निर्णयलाई सर्वोच्चले बदर गरेको सात वर्षपछि प्रहरीले आलमलाई पक्राउ गरी अनुुसन्धान सुरु गरेको छ । पहिलो संविधानसभा निर्वाचन २०६४ को पूर्वसन्ध्यामा आलमले बनाउन लगाएको बम पडकिँदा घाइते भएका दर्जन बढी मानिसलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको आरोप लागेको छ ।