Rumpum Advertisement

कस्तुरीको बीनासहित दुई भारतीय पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
कस्तुरीको बीनासहित दुई भारतीय पक्राउ

सिरहा ६ कात्तिक । कस्तुरीको बीनासहित सशस्त्र प्रहरीको टोलीले सीमावर्ती क्षेत्र सिरहाको बरियारपट्टीबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

नेपालबाट भारत जाँदै गरेको बीआर३२वाई २६९५ नम्बरको स्कुटर शङ्का लागेर जाँच गर्दा कस्तुरीको बीना बरामद भएपछि सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बरियारपट्टीको टोलीले स्कुटरमा सवार भारतको मधुवनी जिल्लाको पथरीका २८ वर्षीय ओमकुमार ओम र २७ वर्षीय सत्यमकुमार सिंहलाई मंगलबार बेलुका पक्राउ गरेको हो ।

जाँच गरेपछि कस्तुरीको बीना बरामद भएकाले दुवैलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल गण सिरहाका प्रमुख प्रवीण कँडेलले बताए । बरामद बीनासहित पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय लहानमा बुझाइएको उनले बताए ।