Rumpum Advertisement

पोखरीमा डुबेर बालिकाको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
पोखरीमा डुबेर बालिकाको मृत्यु

राजविराज, ३ कात्तिक । सप्तरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित रहेको शिव मन्दिर अगाडिको पोखरीमा डुबेर बेपत्ता भएकी बालिका शनिबार साँझ मृतावस्थामा फेला परेकी हुन् ।

मृत्यु हुनेमा कञ्चनरुप–४ का दिलीप परियारकी ११ वर्षीया छोरी डल्ली भनिने यासिका रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए । पोखरीमा नुहाउन जाँदा पोखरीभित्रै ती बालिका बेपत्ता भएकी थिइन ।
प्रहरी र स्थानीयवासीको खोजी गर्ने क्रममा उनी मृत फेला परेको प्रहरी नायब उपरीक्षक मिश्रले बताए ।