Rumpum Advertisement

धनुषामा विद्यालयको पर्खाल भत्किँदा च्यापिएर एक विद्यार्थीको मृत्यु, एक गम्भीर

Neuro Revised Adv
Koshi Dashain ad
धनुषामा विद्यालयको पर्खाल भत्किँदा च्यापिएर एक विद्यार्थीको मृत्यु, एक गम्भीर

विराटनगर ३० असोज । धनुषामा स्कुलको पर्खाल भत्किदा एक बालिकाको मृत्यु भएको छ । एक बालक घाइते भएका छन् ।

धनुषाको जनकनन्दनी गाउँपालिका ४ मा रहेको एसएसबी उच्चमाविको पर्खाल भत्किँदा पढ्दै गरेकी छात्रा संझना सदाको मृत्यु भएको हो । पर्खालमा च्यापिएर स्थानीय राजकुमार सदाकी छोरी अन्दाजी ७ वर्षीया संझना सदाको घटनास्थलमै मृत्यु भएको स्थानीयले जानकारी दिए ।

भत्केको पर्खालमा च्यापिएर ६ वर्षका मोहम्मद समिर साफी घाइते भएका छन्। उनका जनकपुर अंचल अस्पतालमा उपचार भईरहेको जनकनन्दनी गाउँपालिकाकी उपप्रमुख भारती कार्कीले बताइन् । घाइते भएका बालक समिरको अवस्था गम्भीर छ।