Rumpum Advertisement

यी हुन् दाङबाट पक्राउ पर्ने विप्लवका २१ नेता (नामावलीसहित)

Neuro Revised Adv
Koshi Dashain ad
यी हुन् दाङबाट पक्राउ पर्ने विप्लवका २१ नेता (नामावलीसहित)

दाङ, ३० असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका २१ जना नेता तथा कार्यकर्ता दाङबाट पक्राउ परेका छन् । दाङ प्रहरीले नेपाल–भारत सीमा नाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका ४ को मुग्रेटाखोलामा पार्टीको आन्तरिक तयारी बैठक चलिरहेको बेला उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

बैठक भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले बिहीबार राति १ बजेतिर पक्राउ गरेको हो । प्रहरी प्रमुख जनक भट्टराईका अनुसार पक्राउ पर्नेमा विप्लव समूहका मध्यपश्चिम कमाण्ड इञ्चार्ज तथा पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवका दाजु वीरजंग चन्दसहित केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इञ्चार्ज सुवास बाठा र युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका छन् ।

प्रहरीका अनुसार उनीहरूको साथबाट हातहतियार र विष्फोटक पदार्थसमेत बरामद भएको छ । पार्टीको आन्तरिक तयारी बैठक गर्दै गर्दा उनीहरुलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।

को–को पक्राउ परे ?

  • चन्द्रबहादुर चन्द ‘वीरजंग’– केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो ईन्चार्ज एवम् मध्य पश्चिम कमाण्ड इन्चार्ज)
  • केशवबहादुर बाँठा मगर (सुवास)–राप्ती ब्युरो ईन्चार्ज
  • रामबहादुर थापा (सुन्दर) – राप्ती ब्युरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक
  • सविन पोख्रेल –राप्ती ब्युरो कार्यालय सचिव
  • यमलाल कटुवाल(विक्रम)–जिल्ला ईन्चार्
  • प्रदीप वली – जिल्ला सेक्रेटरी
  • बविन केसी (पाटन, जंगली) – युव संगठन नेपाल केन्दीय अध्यक्ष
  • सुनिल पौडेल–वुद्धिजिवी
  • एकराज चौधरी–एरिया नम्बर ४ ईन्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य
  • धनबहादुर बोहोरा (महान) –एरिया नम्बर १ ईन्चार्ज एवम् राजपुर गा पा सेक्रेटरी
  • तिलक पुन–पूर्व जनमुक्ति सेना
  • सुरज विक–दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष
  • हितप्रसाद रोका–पार्टी सदस्य
  • पोष्टमान घर्ती–रोल्पा जिल्ला
  • कुलबहादुर वली
  • विष्णु थापा
  • दल बहादुर घर्ती
  • अमित घर्ती मगर
  • बालकृष्ण शर्मा
  • जीत क्षेत्री
  • रमेश आचार्य