Rumpum Advertisement

स्वायत्त भएर काम गर्न पाएनौँ : मुख्यमन्त्री राउत

Neuro Revised Adv
Koshi Dashain ad
स्वायत्त भएर काम गर्न पाएनौँ : मुख्यमन्त्री राउत

परासी १० असोज । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले स्वायत्त भएर काम गर्न नपाएको बताएका छन् । संविधानमा गरिएका व्यवस्था ठीक भए पनि सङ्घीय सरकारका कारण स्वायत्तता नपाएको उनले बताए ।

समाजवादी पार्टी नवलपरासीले शुक्रबार परासीमा गरेको कार्यकर्ता भेटघाटमा बोल्दै मुख्यमन्त्री राउतले संविधानका केही प्रावधान विश्वकै उत्कृष्ट भएपनि केही केही प्रावधानहरु संशोधन गर्नुपर्ने उनले बताए । उनले संविधानका प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आवश्यक संशोधन गर्नुपर्ने बताउँदै उनले संविधान नै जलाउने पक्षमा भने नरहेको बताए । उनले प्राप्त उपलब्धि गुम्ने खतरा भएकाले आफूहरु संविधान दिवसमा मौन बसेको स्पष्ट पारे ।

मुख्यमन्त्री राउतले संविधानले थुप्रै उपलब्धि दिएको उल्लेख गर्दै संविधानको विरोध गर्दा व्यवस्थालाई नै असर पर्ने देखेर मौन बसेको बताएका हुन् । सङ्घीयताकै कारण मुलुकभर विकासको लहर चलेको बताउँदै उनले समाजवादी पार्टी जातीय र क्षेत्रीय पार्टी नभएको प्रस्ट पारे । उहाँले राजपा नेपालसँग एकता हुनसक्ने सङ्केत पनि गरे ।