Rumpum Advertisement

गाईगोरु मृत फेला परेको घटना छानविन गर्न गृहमन्त्रायबाट समिति गठन

Neuro Revised Adv
Koshi Dashain ad
गाईगोरु मृत फेला परेको घटना छानविन गर्न गृहमन्त्रायबाट समिति गठन

काठमाण्डौ, १४ भदौ । कान्जि हाउसका छाडा चौपायालाई अर्को प्रदेशको जंगलमा लगेर कानून बिपरित सुटुक्क छाडेको र २४ वटा गाईगोरुहरु मृत फेला परेको घटना छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । नेपालगन्ज उपमहानगरपालिका २१ मा रहेको कान्जिहाउसबाट छाडा चौपाया ५ वटा ट्रकमा हालेर अर्को प्रदेशमा लगेर सुटुक्क जङगलमा छाडदा भीरबाट खसेर २४ वटा चौपाया मृत फेला परेको र दजनौ घाइते भएको सार्वजनिक भएपछि सत्यतथ्य पत्ता लगाउन गृहमन्त्रालयले शनिवार छानबिन समिति गठन गरेको हो ।

उपसचिव सागरमणी पाठको नेतृत्वमा गठन भएको ४ सदस्यि समितिको प्रतिबेदन अनुसार सरकारले दोषी व्यक्त्ति र निकायहरुलाई कानूनी कार्वाही गर्ने गृह मन्त्रालयका प्रबक्त्ता सहसचिव रामकृष्ण सुबेदीले जानकारी दिएका छन ।

३७० वटा छाडा चौपाय जङलमा लगेर छाडिएका थिए

कर्णाली प्रदेशमा पर्ने दैलेख जिल्लाको भैरवीगाउँपालिका १ मा रहेको मन्दिर व्यवस्थापन समितिलाई प्रदान गर्न भन्दै ५ नम्बर प्रदेशमा पर्ने नेपालगन्ज उपमहानगरपालिकाले बाँके प्रशासनबाट परिपत्र बनाएर कान्जि हाउसमा रहेका ३ सय ७० वटा गाइगोरु बाच्छाबाच्छी १२ भदौ राती सुर्खेतको बिरेन्द्र नगर नगरपालिका ११ कटुकुवा स्थित दैलेख सुर्खेत सडक खण्डको जंङगलमा सुटुक्क छाडेको थियो । १३ भदौ बिहान १८ गाई र ६ वटा गोरु मृत फेला परेका थिए । अर्को प्रदेशको छाडा चौपाया ल्याएर छाडेपछि प्रहरीले चौपाया लाने ८ वटा ट्रक मध्ये ५ वटा ट्रक र चालकलाई पक्राउ गरेको छ ।

१४४ गाईगोरु र बाच्छाबाच्छी नेपालगन्ज नै फर्काइयो

उता बिरेन्द्रनगर नगरपालिकाले आफनै नगरमा छाडा चौपाया नियन्त्रण गर्न समस्या भैरहेकाले अर्को प्रदेशबाट ल्याएका चौपाया पाल्न नसक्ने भन्दै नेपालगन्ज नै फिर्ता पठाएको छ । अलपत्र र घाइते भएका १०५ गाई १५ गोरु २१बाच्छा ३ बाच्छिलाई दैलेख प्रशासनको सहयोगमा उद्धार गरि १४ गते बिहान नेपालगन्ज नै फर्काएको गृह मन्त्रालयले जनाएको छ ।

मन्दिर समितिले भन्यो ,— चौपाया मागेका छैनौ , झुठो कागजात बनाइयो

उता दैलेखको भैरवी गाउँपालिका १ मा रहेको मन्दिर व्यवसथापन समितिले आफुहरुले नेपालगन्ज उपमहानगरपालिकासँग कुनै चौपाया नमागेको र कसैले आधिकारिक पत्र पनि नपठाएको बताएको छ । १४ भदौमा बिज्ञप्ती प्रकाशित गर्दै मन्दिर व्यवस्थापन समितिले नेपालगन्ज उपमहानगरले झुठो कागजात बनाएको आरोप लगाएको छ ।