Rumpum Advertisement

डेरी उद्योगमा पाउडर दूध, आधा दर्जन उद्योगमा शिलबन्दी

Neuro Revised Adv
Koshi Dashain ad
डेरी उद्योगमा पाउडर दूध, आधा दर्जन उद्योगमा शिलबन्दी

लहान ,९ भदाै। सिरहामा नियम विपरित  सञ्चालनमा रहेका आधा दर्जन डेरी उद्योगमा शिलबन्दी भएको छ । न्यूनतम मापदण्ड पुरा नगरी सञ्चालित आधा दर्जन डेरी उद्योगमा शिलबन्दी भएकाे हाे ।

अनुगमनका क्रममा दुर्गन्धित फैलिएका र कागजपत्र बिना सञ्चालन रहेका छ वटा डेरी उद्योगमा शिलबन्दी गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए ।

उनका अनुसार शिलबन्दी गरिएका अधिकांश डेरी उद्योगले गाईभैँसीको दूधको साटो प्याकेटवाला पाउडर दूधको प्रयोग गरेको पाइएको थियो ।सरकारले तोकिएको मापदण्ड २५ प्रतिशत पनि पालना नगरेको पाइएपछि शिलबन्दी गरिएको प्रमुख सिंहले बताए ।

उनका अनुसार सदरमुकाम सिरहास्थित ज्वाइस दही तथा आइसक्रिम उद्योग, बजरङ्ग डेरी उद्योग, सुखचैनास्थित लक्ष्मी डेरी उद्योग, नरहास्थित सुधा दूध डेरी उद्योगमा शिलबन्दी गरिएको हो । दुई उद्योगले भने नामनै नराखी व्यवसाय गर्दै आएका थिए ।

डेरी उद्योगीलाई पटकपटक डेरी उद्योगको मापदण्ड अपनाउन निर्देशन दिए पनि बेवास्ता गरेकाले शिलबन्दी गरेको प्रमुख सिंहले बताए ।

सिरहामा करीब ४५ वटा दूध डेरी उद्योग दर्ता भई सञ्चालनमा छन् । तीमध्ये कतिपयको कागजपत्र छैनन् भने कतिपय मापदण्डविपरीत सञ्चालन गर्दै आइरहेका छन् । रासस