Rumpum Advertisement

ठूलीभेरीले तीन घर बगायो, आठ घर उच्च जोखिममा

Neuro Revised Adv
Koshi Dashain ad
ठूलीभेरीले तीन घर बगायो, आठ घर उच्च जोखिममा

रुकुमपश्चिम
रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा ठूलीभेरी नदीले तीन घर बगाएको छ भने आठ घर जोखिममा रहेका छन् । आठबिसकोट नगरपालिका वडा नं ६ मनकाबगरमा ठूलीभेरी स्थानीय ४५ वर्षीय पत्रे बोहरा र ४५ वर्षीय भीमबहादुर बोहराको घर पहिराले बगाएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

प्रहरीका अनुसार अर्को घर धनीको भने पहिचान खुल्न बाँकी रहेको छ । त्यस्तै अन्य आठ घर ठूलीभेरी नदीको उच्च जोखिममा रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

जोखिममा परेका घर एक हप्ता अगाडि नै प्रहरी र स्थानीयको सक्रियतामा खाली गरिएका कारण अन्य क्षति भने हुन नपाएको उनको भनाइ छ । जोखिममा रहेका आठ घर पनि खाली गरिएको छ । घर बगेका तथा घर जोखिममा परेका स्थानीय अन्यत्र शरण लिएर बसिरहेको उनले बताए । लगातारको वर्षाका कारण नदीको प्रवाह बढेकाले नदीले कटान शुरु गरेको स्थानीयको भनाइ छ । रासस