Rumpum Advertisement

मनि ट्रान्सफरको रकम चोरी गर्ने दुई जना प्रहरीको नियन्त्रणमा

Neuro Revised Adv
Koshi Dashain ad
मनि ट्रान्सफरको रकम चोरी गर्ने दुई जना प्रहरीको नियन्त्रणमा

जनकपुर,
मनि ट्रान्सफरको रकम चोरी गर्ने दुई जनालाई धनुषा जिल्ला इलाका प्रहरी कार्यालयको गस्ती टोलीले शनिबार नियन्त्रणमा लिएको छ ।

मनि ट्रान्सफरको रकम चोरी गर्ने धनुषा जिल्ला शहीद नगरपालिका वडा नं ३ गोठकुहाका ११ वर्षीय गोविन्द यादव र सोही वडाका २८ वर्षीय रामुु यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यादवले यदुकोहास्थित पारस मनि ट्रान्सफरको सटरको ताल्चा फुटाइ टेबुलको घर्राबाट रु तीन लाख ३९ हजार ५०० रकम चोरी गरेको जनाइएको छ ।

रकमसहित शङ्कास्पदरूपमा हिँडिरहेको अवस्थामा गोविन्द यादवलाई गस्ती टोलीले समातेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रकमसहित समातिएका परेका गोविन्दलाई इलाका प्रहरी कार्यालय यदुकोहाबाट चोरी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान कार्य शुरू गरिएको छ ।
त्यस्तै अनुसन्धानका क्रममा सोही घटनामा शङ्कास्पद देखिएका रामु यादवसमेतलाई नियन्यणमा लिइ थप अनुसन्धान भइरहेको बताइएको छ । रासस