Rumpum Advertisement

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

Neuro Ad
पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

सिरहा ।

सिरहामा पोखरीमा डुवेर एकै घरका दिदीबहिनीको मृत्यु भएको छ । लक्ष्मीपुर गाउँपालिका–४ स्थित पोखरीमा डुबेर दुई दिदीबहिनीको मृत्यु भएको हो। वडा नम्बर ४ स्थित साझा पोखरीमा डुबेर स्थानीय नथु कुमार यादवका छ वर्षीया छोरी लक्ष्मीकुमारी यादव र चार वर्षीया आशुकाकुमारी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

खेल्ने क्रममा शुक्रबार साँझ पोखरीमा डुबेर दुबै दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।