Rumpum Advertisement

मोबाइलबाट डिजेबाजा बजाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
मोबाइलबाट डिजेबाजा बजाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

महोत्तरी,

महोत्तरीमा मोबाइलबाट डिजेबाजा बजाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । महोत्तरीको मनरासिस्वा नगरपालिका–४ बस्ने सिधु पण्डितका १९ वर्षीय छोरा सञ्जय पण्डितको बिहेमा दुलहा घुमाउनका लागि ल्याइएको रथमाथि राखेको डिजेबाजा बजाउने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

भङ्गहा नगरपालिका– २ बस्ने सन्तोष साहकी छोरीको बिहेमा दुलहा घुमाउनका लागि मनरा–४ बस्ने सदाम खानको बिपीभी ५०९७ नं को रथ र डिजे बाजा ल्याइएकोमा सोही रथमाथि राखेर डिजेबाजा बजाउने काम गर्दै आएका सहायक पण्डितको मोबाइलबाट डिजे बाजा बजाउने क्रममा करेन्ट लागेर सख्त घाइते भएका पण्डित बेहोश भई रथबाट भुइँमा झरेपछि उनलाई गएराति नै उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएकोमा आज बिहान ४ बजे उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

मृतकको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमै राखिएको छ भने डिजे बाजासहित आएको रथलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
रासस