Rumpum Advertisement

बालकको मृत्यु पछि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर एकको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
बालकको मृत्यु पछि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर एकको मृत्यु

सर्लाही । बालकको मृत्यु भएपछि प्रदर्शनमा उत्रिएका स्थानीयलाई प्रहरीले गोली चलाउदाँ सर्लाहमिा १ जनाको मृत्यु भएको छ ।

ईश्वरपुर नगरपालिकामा शनिबार एक बालकको मृत्यु भएको विषयलाई लिएर राजमार्गमा प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा स्थानीय सत्यनारायण महतोको मृत्यु भएको हो ।

खोलामा बालुवा झिकेको खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि स्थानीय वासिन्दाले बालकको शवसहित राजमार्गमा प्रदर्शन गर्दा प्रहरीले गोली चलाएको हो । राजमार्गको अवरोध खुलाउने क्रममा प्रहरीमाथि आक्रमण भएपछि गोली चलाएको सर्लाहीका प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले बताएका छन् ।

त्यस अघि प्रहरीले अस्रु ग्याँस समेत फायर गरेको थियो । तर पनि भिड शान्त नभएपछि प्रहरीले गोली चलाउनु परेको जनाएको छ ।

एसपी भट्टराईका अनुसार प्रदर्शनकारीको आक्रमणबाट १० भन्दा धेरै प्रहरी र केही सशस्त्र प्रहरी घाइते भए । प्रहरीको गोली लागेर अर्का एक प्रदर्शनकारी पनि घाइते भएका छन् । उनको तिघ्रामा गोली लागेको छ ।