Rumpum Advertisement

युवाको मृत्युपछि सप्तरीमा शवसहित प्रर्दशन

Neuro Revised Adv
Koshi Dashain ad
युवाको मृत्युपछि सप्तरीमा शवसहित प्रर्दशन

सप्तरी ।

प्रदेश नम्बर २ को सप्तरीमा अपरिचित व्यक्तिको कुटाइबाट एक युवाको मृत्यु भएपछि परिवार र छिमेकीले बिहीबार सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन गरेका छन् ।

सप्तरीकै तिरहुत गाउँपालिका ३ पिप्राहीका २५ वर्षीय कृष्ण बिराजीलाई राजविराज ७ मा अपरिचित समूहले कुटपिट गरि हत्या गरेको हो । कुटाइबाट गम्भीर घाइते भएका उनको विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।

मृतक कृष्णको शव विराटनगरबाट घर पुर्याएपछि आफन्त र गाउँलेले राजविराजमा प्रदर्शन गरेका हुन् । हत्यारालाई अबिलम्ब पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि कृष्णको शवसहित प्रदर्शन गर्दै यूवाहरुले सप्तरीका एसपी मनोजकुमार यादव र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको राजिनामा समेत माग गरे ।

‘प्रहरी प्रशासन मुर्दावाद, हत्यारालाई कारवाही गर लगायतका प्ले कार्डसहित प्रर्दशन गर्दै शवलाई नगर परिक्रमा गरिएको थियो ।
यसैबीच परिवारका तर्फबाट हत्यामा संलग्न भएकाहरुको नाम सहित किटानी जाहेरी गरेका छन् । तर जाहेरी दर्ता नगरी प्रहरीले आलटाल गरिरहेको मृतक परिवारको आरोप छ ।