Rumpum Advertisement

जनकपुरका तीनवटा पसलमा आगलागी, ८ वटा सिलिण्डर बिस्फोट

Neuro Revised Adv
Koshi Dashain ad
जनकपुरका तीनवटा पसलमा आगलागी, ८ वटा सिलिण्डर बिस्फोट

जनकपुर । बिहिवार बिहान धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२ पदम चोकमा रहेका तीनवटा पसलमा आगलागी भएकाे छ ।  गोविन्द मिष्ठान्न भण्डारबाट सुरु भएको आगलागी छेउमा रहेका दुइवटा पसलमा फैलिएकाे हाे ।

विहान कबिर ३ बजेट सुरु भएको आगलागीका कारण आठ वटा सिलिण्डर विस्फोट भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय, धनुषाका एसपी शेखर खनालले विद्युत सर्ट भएर आगलागी हुन सक्ने बताए । आगलागी बिहान पाँच बजे नियन्त्रणमा आएको थियो । आगलागीमा ३० लाख भन्दाबढी क्षति भएको प्रहरीले जनाएको छ ।