Rumpum Advertisement

भारतले कोशी नदीको पाइलट च्यानल गहिरो बनाउँदा नेपाली बस्ती जोखिममा

Neuro Revised Adv
Koshi Dashain ad
भारतले कोशी नदीको पाइलट च्यानल गहिरो बनाउँदा नेपाली बस्ती जोखिममा

विराटनगर । सप्तकोशी नदीमा नेपाली पक्षलाई जानकारी नदिई भारतले पाइलट च्यानल गहिरो बनाउन थालेपछि नेपाली बस्ती जोखिममा परेको छ । सप्तकोशी नदीमा खनिएकाे च्यानलका कारण सप्तरीकाे हनुमाननगर कंकालनी नगरपालिकाको वडा नम्बर १३ काे बस्ती जोखिममा परेको हो ।

भारतीय पक्षले केही महिना अघि खनेको पाइलट च्यानलमा पानी छोड्दा १३ नम्बर वडाका बासिन्दा थुनिएका थिए । च्यानल पून फेरी गहिरो बनाउन थालेपछि स्थानीयबासी त्रसित बनेका हुन् ।  वडा अध्यक्ष बिन्देश्वर यादव एक हप्तादेखि बिना जानकारी भारतीय अधिकारहरुको निर्देशनमा ठेकेदारले मेसिन लगाएर पाइलट च्यानलाई गहिरो र फराकिलो बनाउने काम गरिरहेको बताए ।

कोशी परियोजनाका भारतीय अधिकारीहरुले भारतमा बाढी पस्न नदिने मनसयले खनेको च्यानेलले हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर १३ का करिव ९० घरका बासिन्दा त्रसित बनेका छन् । गहिरो बनाउने काम नरोके पश्चिम तटबन्धमा जोखिम बढ्नुको साथै गोवरडाडा बासिन्दा बर्खामा थुनिएर बस्नु पर्ने बाध्यता आउने वडा अध्यक्ष यादवले बताए ।

बहुचर्चित नेपाल–भारत कोशी–सम्झौता–१९५४ को मर्म र भावना विपरित कोशी परियोजनाका भारतीय अधिकारीहरुले नेपाली भुभाग डुवानमा पर्ने गरी तीन वर्ष लगाएर च्यानल खनेको स्थानियबासीले बताएका छन् ।  कोशीको ५० ढोका मध्ये ढोका नम्बर २८ बाट पाइलट च्यानल खनेर कोशीलाई बिच बाटो बाट बगाउने भन्दै  च्यानल खनिएकाे थियाे ।