Rumpum Advertisement

लोकसेवाको विज्ञापन पछि प्रदेश २ का मुख्यमन्त्री रुष्ट

Neuro Revised Adv
Koshi Dashain ad
लोकसेवाको विज्ञापन पछि प्रदेश २ का मुख्यमन्त्री रुष्ट

महोत्तरी । लोकसेवा आयोगले स्थानीय तहकोलागि विभिन्न पदमा विज्ञापन गरेपछि प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत रुष्ट बनेका छन् । रुष्ट बनेका मुख्यमन्त्री राउतले लोकसेवा आयोगबाट स्थानीय तहको लागि आह्वान गरिएको विज्ञापन स्वीकार्य नहुने चेतावनी दिए ।

महोत्तरीको बर्दिवासमा शुक्रबार सम्पन्न प्रदेश समन्वय परिषद्को बैठकलाई सम्बोधन गर्ने क्रममा उनले संविधानले दिएको स्थानीय तहको अधिकार माथी हस्तक्षेप गर्दै संघीयताको भावना विपरित विज्ञापन खोलेको आरोप लगाए । मुख्यमन्त्री राउतले संविधानको भावना विपरीत आह्वान गरिएको विज्ञापन स्वीकार्य नहुने भन्दै कानुनी उपचार खोजिने समेत बताएका छन् ।

संविधानको धारा २७७ मा स्थानीय तहको कर्मचारी ब्यवस्थापन प्रदेश सरकारले गर्ने स्पष्ट ब्यवस्था भए पनि केन्द्रबाटै विज्ञापन गरिएको भन्दै मुख्यमन्त्री राउतले केन्द्र सरकारले संघीयतामाथि नै अंकुश लगाउने प्रयास गरेको बताए ।

केन्द्र सरकारले एकपछि अर्को अधिकार खोस्ने प्रपन्च गरिरहेको आरोप लगाउदै मुख्यमन्त्री राउतले यसको विरोधमा स्थानीय तहका प्रतिनिधिहरुलाई एकजुट हुन आग्रह गरे ।