Rumpum Advertisement

धामी बन्न अढाइ वर्षे बालकको बली, धामी प्रहरीको फन्दामा

Neuro Revised Adv
Koshi Dashain ad
धामी बन्न अढाइ वर्षे बालकको बली, धामी प्रहरीको फन्दामा

धनुषा,
धामी बन्द बालकको हत्या गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । गत वैशाख २४ गते शक्तिशाली धामी बन्न अढाइ वर्षीय बालक आर्यन साहको हत्या आरोपमा धनुसा प्रहरीले शत्रुघन महतोलाई पक्राउ गरेको हो ।

धनुषा मिथिला नगरपालिका–६, ढल्केबरका शम्भु साहका अढाई वर्षीय बालक आर्यन वैशाख २४ गते घाँटी काटेर हत्या गरेको अवस्थामा शव भेटिएको थियो । शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले तीन सातापछि हत्यामा संलग्न भएको आरोपमा ढल्केबरका शत्रुघन महतोलाई पक्राउ गरेको हो ।

प्रहरीले बालकको हत्यामा प्रयोग भएको एक थान धारिलो हतियार, घटना गर्दाको बखत लगाएको गन्जी, गम्छा र धोती फेला पारेको दाबी गरेको छ । प्रहरीका अनुसार महतो गाउँका धामी हुन् ।

अनुसन्धानका क्रममा तन्त्र विद्या सिद्वगरी शक्तिशाली धामी बन्न बालकको बली चढाएको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख शेखर खनालले बताए । महतोविरुद्व अपहरण गरी शरीर बन्धक राखी मारेको ज्यानसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी परेको छ ।